Aamsanchar

‘बालमैत्री नगर घोषणा’ को तयारीमा कनकाई

Author Image
शुक्रवार, जेठ ५, २०८०

सुरुङ्गा ।  झापाको कनकाई नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ मा नगरलाई बालमैत्री घोषणाको तयारी गरेको छ । आगामी २०८०/ ८१  मा  नगरलाई बालमैत्री घोषणाको तयारी गर्दै कनकाई नगरले तीन वटा वडालाई आर्थिक वर्ष २०७९र०८० मा बालमैत्री घोषणाको तयारी गरेको  हो।

चालु आर्थिक वर्षमा कनकाई वडा न ५, ६ र ८ लाई बालमैत्री वडा घोषणाको तयारी गरिएको नगर बाल कल्याण अधिकारी उमानाथ ढकालले जानकारी दिनुभयो ।

बालमैत्री घोषणा गर्ने तयारी सँगै विज्ञ  बाल स्रोत व्यक्ति  रुद्रमणि पोख्रेल र  प्रजेश खनाल स्रोत व्यक्ति, नगरका सबै वडामा बाल क्लब गठन, बालमैत्री घोषणा गर्ने तयारीका लागि वडा–वडामा विभिन्न सचेतना मूलक तथा  अन्तरक्रिया कार्यक्रम निरन्तर भइरहेको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

नगर बालमैत्री घोषणाका लागि नगरमा बालबालिकाको मनोपरामर्श कक्ष  , वडा वडामा सचेतना मूलक कार्यक्रम  निरन्तर चलाई रहेको छ। त्यस्तै बालमैत्री नगर घोषणाका लागि नगर प्रमुख राजेन्द्रकुमार पोखरेल नेतृत्वको टोलीले नगरका बिभिन्न स्थानको अनुगमन, बालमैत्री नगर घोषणाका उपप्रमुख आशा शर्मा शिवाकोटीको नेतृत्वमा सूचना सिकाइ केन्द्र स्थापना गरी कार्य अगाडि बढाइएको, नगरका प्रत्येक वडाध्यक्षको संयोजकत्वमा बालमैत्री वडा घोषणा गरी कार्य गरिरहेको जनाइएको छ ।

बालमैत्री नगर घोषणाका लागि नगरका सबै वडा तथा टोलमा सचेतना, अन्तरक्रिया कार्यक्रम भइरहेको  नगर  कर्मचारी विजय पाठकले जानकारी दिनुभयो ।

यता बालमैत्री नगर निर्माणमा अहम् भूमिका खेल्ने र बालमैत्री सोचको सुरुवात गर्ने उद्गम स्थल कनकाई नगर बाल सञ्जाल हाल रकेटको स्पीडमा आफ्नो कार्यक्रम लाई अगाडि बढाइरहेको छ ।
जिल्ला बाल सञ्जालकै नेतृत्व गरिरहेका  कनकाई नगर अध्यक्ष अभिषेक मिश्रको अध्यक्षतामा रहेको नगर बाल सञ्जाल ले केही दिन अगाडि मात्रै जिल्ला ट्राफिक प्रहरी संग बालबालिकाको अन्तरक्रिया कार्यक्रम गरेको थियो भने बालबालिका ले देखेका तथा भोगेका समस्या हरू समेट्दै विज्ञप्ति  समेत दिएको  अध्यक्ष मिश्रले जानकारी दिनुभयो ।

नगर बाल सञ्जाल कै नेतृत्वमा वडा बाल सञ्जाल संग समन्वय गरि  बालबालिका संग वडा अध्यक्ष तथा वडा भित्रका विभिन्न विद्यालयमा अनुगमन तथा बालमैत्री अन्तरक्रिया साथै बाल क्लब गठन गर्ने कार्य गरेको थियो भने रहेका बालक्लब हरू लाई नगरपालिका बाल कल्याण एकाइमा सूचिकृत समेत गराउने कार्य गरेको थियो भने आज शुक्रबार  एकैदिनमा नगर बाल सञ्जालकै नेतृत्वमा ३ वटा कार्यक्रम सञ्चालन भएका छन वडा नम्बर ३ मा  स्तरीय चेस प्रतियोगिता  त्यस्तै  वडा  मा बालमैत्री अन्तरक्रिया तथा वडा ९ मा बाल अधिकार सम्बन्धी र्याली कार्यक्रम सभ्य र भव्य रूपमा समापन गरेको छ  । ‘बोलीमा भन्दापनि साँच्चिकै वास्तविकतामा काम गरेर देखाउन सक्नु नेतृत्वकर्ताको गूढ रहेको ’ भन्दै बाल सञ्जाल अध्यक्ष मिश्र ले बाल सञ्जालले बोली र घोषणा मा मात्र सीमित नरहेर साँच्चिकै बानी व्यवहारमा बालमैत्री बन्न र बनाउनका लागी काम गरिरहेको बताउनु भयो । ‘हामी घोषणाका लागि मात्र बालमैत्री बन्नु थियो भने उहिले घोषणा गरिसक्थ्यौ तर हामीले तेसो गर्न चाहेनौ किनभने हामीलाई बोलीमा मात्र सीमित नभएर वास्तविकतामै बालमैत्री बन्नु छ’ उहाले भन्नु भयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)