Aamsanchar

आज थ्रीस्टार र सातदोबाटो क्लबबीच प्रतिस्पर्धा

Author Image
शनिवार, जेठ ६, २०८०

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार एक मात्रै खेल हुने भएको छ।

१९औँ चरणको अन्तिम खेलमा आज थ्रीस्टार र सातदोबाटो क्लबबीच प्रतिस्पर्धा हुने भएको हो। यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे शुरु हुनेछ।

१८ खेलबाट दुवै टोलीले समान २६ अंक जोडेका छन्। सातदोबाटो चौथो र थ्रीस्टार पाँचौ स्थानमा छन्। दुवै टोली यो खेलमा जित निकाल्दै उपाधिको दाबेदारी बलियो बनाउन चाहन्छन्।

अहिले चर्च ब्वाइज युनाइटेड ३६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने जावलाखेल युथ ३२ अंकसहित दोस्रो स्थानमा छ। ३१ अंक जोडेको साविक विजेता मच्छिन्द्र तेस्रो स्थानमा छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर