Aamsanchar

कनकाईमा तीनवटा वडाको जग्गा वर्गीकरण सम्पन्न र नक्सा तयार, सात दिन भित्र कित्ताकाट खुल्ने

Author Image
शनिवार, जेठ ६, २०८०

कनकाई ।  झापाको कनकाई नगरपालिकामा तीनवटा वडामा जग्गा वर्गीकरणको काम सम्पन्न गरेर हिजो ९शुक्रबार० सात दिने सूचना प्रकाशन गरेको छ ।
कनकाईको १,३ र ८ नं। वडामा जग्गा वर्गीकरण कार्य सम्पन्न भई नक्साको काम पनि सम्पन्न  भएको हो । नगरका ९ वटा वडा मध्ये बाँकी ६ वटा वडामा वर्गीकरणको काम धमाधम भइरहेको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।

जग्गा वर्गीकरणको काम थालनी गरेको कनकाई  नगरमा अझै पूर्ण रुपमा वर्गीकरण कार्य सम्पन्न हुन सकेको छैन । प्राविधिक अभावलाई समयमा नै परिपूर्ति गर्न नसकेको कारणले वर्गीकरण कार्यमा ढिलाई भएको कनकाई नगर जग्गा वर्गीकरण सर्वेक्षक दिवस ओलीले बताए ।
अबको हप्ता दिन भित्रैमा सबै वडाको नक्साको काम सम्पन्न गरि बुक लिस्ट  तयारका लागि जिल्ला मालपोत कार्यालय झापामा बुजाउने तयारी भइरहेको र कुनै प्राविधिक समस्या नआए तीनवटा वडाको कित्ताकाट केही दिन भित्रै खुला हुने उनले बताए ।

भु उपयोग नियम तथा ऐन २०७९ अनुसार कनकाईमा जग्गा वर्गीकरणलाई  दश भागमा वर्गीकरण गरिएको  छ । कृषि योग्य जमिन, आवास, व्यवसायीका, औद्योगिक, सांस्कृतिक तथा पुरातात्त्विक, वनजङ्गल, खोला– नाला, सार्वजनिक तथा अन्य लगायत गरि दश भागमा छुट्याइएको  र जग्गा वर्गीकरणलाई कोही  कसैले अन्तिम भेरिफिकेसन गर्नु परेमा एक हप्ताको समयका लागि सूचना पनि जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेले आमसंचारलाई बताए ।

नगरमा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासी हरूलाई जग्गा धनी दर्ता प्रमाण पुर्जा  समेत बितरण गरिएको छ नगरपालिकाले वडा गत रुपमा  जग्गा धनी दर्ता प्रमाण पुर्जा बितरण  कार्यलाई पनि तिव्रता दिएको प्रशासकीय अधिकृत विवेक भण्डारीले बताए ।

नगरमा बसोवास गर्ने मध्ये ७ हजार ९१ जनाले जग्गा धनी दर्ता प्रमाण पुर्जाका लागि आवेदन दिएका मध्ये विभिन्न वडामा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा धनी दर्ता प्रमाण पुर्जा बितरण गरिएको उहाँले बताउनुभयो । कनकाई नगरमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासी हरूलाई नगरपालिकाले जग्गा धनी दर्ता प्रमाण पुर्जा वितरण सुरु गरेसँगै नक्साको अन्तिम भेरिफिकेसनको काम यतिबेला भइरहेको कर्मचारी विजय पाठकले जानकारी दिए ।

नगरमा भूमिहीन दलित तीन सय ३७, भूमिहीन सुकुम्बासी दुई हजार तीन सय २९, अव्यवस्थित बसोवासी चार हजार चार सय २५ जना रहेको बताइएको छ । जसमा कित्ता संख्या आठ हजार सात सय ७८ रहेको भूमि शाखा संयोजक रञ्जिता कट्टेलले बताइन ।

जग्गा धनी दर्ता प्रमाण पुर्जा पाउँ भन्दै आवेदन दिएका मध्ये सबै वडामा  नक्साको नापजाँचको अन्तिम काम गरे लगत्तै जग्गा धनी पुर्जा उपलब्ध गराउने जनाईएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
1
Views: 132

प्रतिक्रिया (०)