Aamsanchar

नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्न ३ दिनको म्याद थप

Author Image
आइतवार, जेठ ७, २०८०

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्न तीन दिनको म्याद थपिएको छ । शनिबारदेखि लागु हुनेगरी तीनदिनको म्याद थप भएको जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीले जानकारी दिए ।

उनका अनुसार प्रहरीले अनुसन्धास सकेर भोलि बिहान १० बजेभित्र जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइसक्नुपर्ने छ ।

अहिलेसम्म कुन कसुरमा मुद्दा चलाउने भन्ने विषय टुंगिसकेको छैन । प्रहरीको अनुसन्धान प्रतिवेदन प्राप्त भएपछि मात्र कसुरबारे टुंगो लाग्ने न्यायाधिवक्ता खत्री बताउँछन् ।

उनका अनुसार संगठित अपराध, प्रतिवेदन नक्कल गरेको, शरणार्थी कार्डहरू नक्कल गरेको, सरकारी कागजात किर्ते गरेको, राष्ट्रकै अपमान हुने काम गरेको कसुरमा मुद्दा चलाउन सकिने विषयमा अध्ययन भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)