

काठमाडौं : जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चयन भएका छन्। सोमबार बसेको जसपा संसदीय दलको बैठकले अध्यक्ष यादवलाई संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन गरेको सांसद राजकिशाेर यादवले जानकारी दिए।

उनी वैशाख १० गते भएको उपनिर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए। मंसिर ४ गतेको निर्वाचनमा उनी सप्तरी २ बाट पराजित भएका थिए।
Views: 115

