Aamsanchar

मौसम पूर्वानुमान : तीन दिन वर्षाको सम्भावना

Author Image
मङ्गलवार, जेठ ९, २०८०

काठमाडौं : देशका अधिकांश भूभागमा मंगलबारदेखि बिहीवारसम्म वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहानैदेखि बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेकोे छ ।

दिउँसो पनि देशका अधिकांश भूभागमा अशिंकदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । दिउँसो तराईका जिल्लामा हावाहुरीुसहित वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए।

अहिले काठमाडौं उपत्यकाको मौसम बिहानै धुम्मिएको छ। मौसमविद् झाका अनुसार काठमाडौंमा पनि दिउँसो वर्षाको सम्भावना छ। यस्तै राति पनि मुलुकका अधिकांश भूभागमा वर्षाको सम्भाना रहेको महाशाखाले जनाएको छ।

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर