![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/05/InShot_20230523_133513439.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
इलाम । इलामको पश्चिमी भेगमा व्यावसायीक रुपमा अदुवा खेती हुदै आएको छ । तर, बजारीकरणका लागि स्थानीय सरकारले ध्यान नदिंदा किसानले अदुवाको उचित मूल्य भने हात पार्न सकेका छैनन ।
अदुवा मसलाको रुपमा प्रयोग हुन्छ । नेपालमै अदुवा उत्पादनमा इलामको नाम अगाडी छ । यहाँ उत्पादित अदुवा भारत निकासी हुन्छ । इलामको पश्चिमि फाकफोकथुम गाउँपालिकामा अहिलेपनि हरेक किसानको बारीमा अदुवा खेती हुन्छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
आम्दानीको मुख्य श्रोत अदुवा उत्पादनमा अहिले फाकफोकथुम पहिलो स्थानमा नै आउँछ । अदुवाको उत्पादन राम्रो भएपनि किसानका हातमा श्रम अनुसारको मूल्य पुग्न सकेको छैन । नेपालमा संकलन मात्रै हुने र भारत निकासी हुने हुँदा किसानले राम्रो मूल्य नपाएको फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बताउनुभयो ।
नेपाली अदुवाको मूल्य भारतीय बजारमा निर्भर छ । त्यसमा पनि फाकफोकथुमबाट झापाका बजार जोड्ने सडक कच्चि छन् । जसले गर्दा किसानको हातमा भारतीय व्यवसायीले तोकेको मुल्य पनि पुग्दैन । फाकफोकबाट झापाका बजार पुर्याएको ढुवानी खर्च नै बढी हुन्छ । जसले गर्दा किसानले बजारमा तोकिएको मूल्य समेत पाउँदैनन् । फाकफोकथुम पालिका भित्रका किसानले आफ्नो मुख्य आम्दानीको श्रोत बनाएपनि मूल्य कम पाउने गरेको गुनासो छ ।
फाकफोकथुम भित्र उत्पादन हुने अदुवा स्थानीय व्यवसायीबाट संकलन हुन्छ । यहाँ संकलन भएको अदुवा झापाका बजारमा पुर्याइन्छ । झापाबाट काकरभिट्टा नाका हुँदै अदुवा भारत निकासी हुने गरेको छ । अदुवाको मुल्य प्रतिमन (४० किलो) अहिले २ हजार रुपैयाँ छ । सिजनको सुरुमा अदुवा प्रतिमन १ हजार रुपैयाँमा खरिद बिक्रि हुँदै आएको थियो ।
सरकारले अदुवाको उचित बजारीकरण गरीदिने हो भने इलाम अदुवाबाट आत्मर्निभर हुने थियो ।