Aamsanchar

एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप : आज नेपाल र भारत खेल्दै

Author Image
बुधवार, जेठ १०, २०८०

काठमाण्डौ – एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा आज नेपाल र भारत खेल्दैछन् ।

खेल दिउँसो ३ बजे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । आजको खेल जित्ने टोली समूह विजेता बन्नेछ ।

समूह ‘ए’ मा रहेको घरेलु टोली नेपाल एक खेल बाँकी छँदै सेमिफाइनलमा पुगेको छ ।

हिजो भएको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको थियो ।

नेपालको जितले भारत पनि सेमिफाइनलमा पुगेको छ । नेपाल र भारतको समान ६ अङ्क छ ।

पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो । भारतले पनि किर्गिस्तान र बंगलादेशलाई हरायो ।

किर्गिस्तान र बङगलादेश समूह चरणबाट बाहिरिएका छन् । किर्गिस्तान र बङगलादेशबीचको विजेता समूहमा तेस्रो हुनेछ ।

प्रतियोगितामा ८ टोली सहभागी छन् । समूह ‘ए’ मा घरेलु टोली नेपालसहित भारत बंगलादेश र किर्गिस्तान छन् ।

त्यस्तै, समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान रहेका छन्।

राउन्ड रोविन लिगपछि शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिता आउँदो १४ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर