Aamsanchar

ब्राजिलमा पशु स्वास्थ्य आपतकाल घोषणा

Author Image
बुधवार, जेठ १०, २०८०

काठमाण्डौ – ब्राजिलले बर्ड फ्लू देखिएपछि पशु स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

दुई वटा राज्यमा जंगली चराहरूमा बर्ड फ्लू (एच फाइभ एन वन)का आठ वटा केस पुष्टि भएपछि ६ महिना अर्थात् १ सय ८० दिनको आपतकाल घोषणा गरिएको हो ।

राजधानी रियो दि जेनेरियोमा एक र छिमेकी राज्य एस्पिरिटो सान्तोमा ७ वटासहित जंगली चराहरूमा बर्ड फ्लु भाइरस पुष्टि भएको हो ।

ब्राजिल विश्वको सबैभन्दा ठूलो कुखुराको मासु निर्यातक देश हो । हरेक वर्ष ब्राजिलले १० अर्ब डलरको कुखुराको मासु निर्यात गर्छ ।

भाइरस थप फैलिन नदिन पशु स्वास्थ्य आपतकाल घोषणा गरेको र बर्ड फ्लूको आवश्यक समन्वय, योजना र मूल्याङ्कन गर्न आपतकालीन सेन्टर पनि खडा गरेको त्यहाँको कृषि मन्त्रालयलाई उद्धृत गरी समाचार संस्था अल जजिराले जनाएको छ ।

जनावर तथा पन्छीहरूमा सङ्क्रामक रोग तीव्र रूपमा फैलिए पशु स्वास्थ्य आपतकालको घोषणा गरिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर