Aamsanchar

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

Author Image
बुधवार, जेठ १०, २०८०

काठमाडौं : सरकारले भोलि बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै बिहीबार सार्वजनिक बिदा दिने जनाएको हो। बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो दोखाउने जात्राका अवसरमा बिदा दिइएको हो।

बिदा काठमाडौं उपत्यकाका तीन जिल्लामा लागू हुने मन्त्रालयका सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए।

Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर