Aamsanchar

नेवार समुदायले आज सिथिनखः पर्व मनाउँदै

Author Image
बिहिवार, जेठ ११, २०८०

काठमाडौं : नेवार समुदायले आज सिथिनखः पर्व मनाउँदैछन्। जेष्ठ शुक्ल पक्ष कुमार षष्ठीका दिन यो पर्व मनाउने गरिन्छ। वर्षायाम र धानको रोपाइँ सुरु हुनुभन्दा पहिले यो पर्व मनाइन्छ। काठमाडौं उपत्यकामा आजको दिन पानीको मूल सफा गर्ने पर्वका रुपमा मनाउँदै आइएको छ।

नेवार समुदायले इनार , पोखरी , ढुङ्गेधारा लगायतका पानीको स्रोत सफा गर्ने गर्छन्। परापूर्वकालदेखि चलिआएको परम्पराले अहिले पनि निरन्तरता पाएको हो।

वर्षात्‌को बेला बगेर आउने भेल र फोहोरपानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरिसमेत सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो।

साथै हिँउदमा पुरिएको, थुनिएको र सुकेको मूललाई वर्षात्‌को पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूलको सफाइ गर्ने गरेको हो।

सिथिनखः कै दिन भगवान कुमारको जन्मदिन पनि भएकाले नेवार समुदायले कुमारको पूजा गरी मास, मुगी, केराउ लगायतको दालको बारा बनाएर खाने प्रचलन छ।

त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी) समेत खाने गरिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)