Aamsanchar

नाट्टा कोशीको सहकार्यमा टुरिजम बोर्डको कार्यक्रम सिलोङमा सम्पन्न

Author Image
शुक्रवार, जेठ १२, २०८०

सिलोङ । नेपाल टुरिजम बोर्ड को आयोजना र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स संघ ( नाट्टा ) कोशी प्रदेशको सहआयोजना
भारतको मेघालय स्थित सिलोङमा पर्यटन प्रचार कार्यक्रम ( TOURISM PROMOTION PROGRAM) सम्पन्न भएको छ ।

आज ( शुक्रबार ) टुरिजम बोर्ड ,नाट्टा र भारतीय सरकार पर्यटन विभाग, मेघालय सरकारका प्रतिनिधि र सिलोङका पर्यटन व्यवसायीहरू बिच नेपाल/भारत बीटुबी सम्बन्धका बारेमा सम्वाद भएको नाट्टा कोशी प्रदेशका अध्यक्ष उदय श्रेष्ठले बताए।

कार्यक्रममा नेपाल टुरिजम बोर्डका मेनेजर सूर्य थपलियाले नेपाल टुरिजम क्षेत्र को बारेमा चर्चा गरेका थिए।
इन्डिया टुरिजम तथा मिनिस्टर टुरिजम प्रमुख एनजीलिलावती, होटल व्यवसाय संघ सिलोङका अध्यक्ष परमवीर सिंह,इष्टन हिमालय ट्राभल एन्ड टुर एसोसिएसनका महासचिव सन्दिपन घोसले मन्तव्य राखेका थिए ।
कार्यक्रममा टुरिजम बोर्डका कर्मचारी गोपाल भण्डारीले धन्यवाद मन्तव्य राखेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर