Aamsanchar

निप्रोमा रहेको एक मेडिकल क्लिनिकमा रुसकाे मिसाइल आक्रमण

Author Image
शनिवार, जेठ १३, २०८०

रुसले पूर्वी युक्रेनी शहर निप्रोमा रहेको एक मेडिकल क्लिनिकमा मिसाइल आक्रमण गरेको छ। आक्रमणमा परी कम्तीमा दुई जनाको मृत्यु छ भने ३० भन्दा बढी घाइते भएको युक्रेनी अधिकारीले बताएका छन्।

भग्नावशेषबीच उद्धार टोलीले बेपत्ता दुई जनाको खोजी गरिरहेको छ। रुसले मेडिकल क्लिनिकमै आक्रमण गर्न थालेपछि यक्रुेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको अत्याचार सह्य नहुने चेतावनी दिएका छन्। आक्रमणसँगै क्लिनिक क्षतिग्रस्त भएको छ।

युक्रेनी अधिकारीहरूले भने गएको रातभर मात्रै रुसबाट प्रक्षेपण गरिएका १७ वटा मिसाइल र ३१ ड्रोनलाई खसालेको दाबी गरेका छन्। धेरै ड्रोन र क्षेप्यास्त्र निप्रो र पूर्वी शहर खार्किभमा एक तेल भण्डारलक्षित प्रहार गरिएको थिए। पछिल्ला सातामा युक्रेनमा रुसी आक्रमण तीव्र भएको अधिकारीले बताएका छन्।

Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर