Aamsanchar

नेपालीले १० महिनामा खाए ५४ करोडको कुरकुरे, कुरमुरे र लेज

Author Image
शनिवार, जेठ १३, २०८०

काठमाडौं – चालू आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा विदेशबाट ५४ करोड ५३ लाख रुपैयाँको कुरकुरे, कुरमुरे र लेज आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्मको अवधिमा उक्त मूल्यको कुरकुरे, कुरमुरे, लेज र चिजबल्स आयात भएको हो । यस अवधिमा १० लाख ५८ हजार किलोग्रा कुरकुरे, कुरमुरे र लेज आयात भएको छ । यस्तै, आयातकर्ताले उक्त परिणामको जंक फूड आयात गरेबापत सरकारलाई ३३ करोड ७६ लाख रुपैयाँ भन्सार राजश्व बुझाएका छन् ।नेपालमा आउने यी वस्तु भारत, चीन, जापान, कोरिया, मलेसिया, मेक्सिको, साउदी अरेबिया र अमेरिकाबाट आउने गरेको छ । सबैभन्दा धेरै भारतबाट ३८ करोड ५१ लाख रुपैयाँको यी वस्तु भित्रिएको छ ।  यस्तै, मलेसियाबाट १३ करोड ८१ लाख, दक्षिण कोरियाबाट १८ लाख रुपैयाँको यस्ता वस्तु आयात भएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनकाे भाउ
शुक्रवार, वैशाख १४, २०८१
नेपाली बजारमा सुनको मूल्य
बिहिवार, वैशाख १३, २०८१
सुनचाँदीको मूल्य
बुधवार, वैशाख १२, २०८१