Aamsanchar

कुष्ठरोगी खाेज्दै बिर्तामोड नगरपालिका

Author Image
शनिवार, जेठ १३, २०८०

बिर्तामोड- बिर्तामोड नगरपालिकाले कुष्ठरोगीको पहिचानको लागि संकास्पद विरामी जाँच कार्यलाई अघि बढाएको छ । यस रोगको उच्च जोखिममा रहेको वडा नम्बर १०मा अभियाननै सञ्चालन गरीएको थियो ।
यस वडामा १ सय १ जना संकास्पद विरामी जाँच गर्दा ५ जना नयाँ कुष्ठरोगी थपिएको नगरका सिनियर अहेब अधिकृत तथा फोकल पर्सन दिपक सापकोटाले जानकारी दिनुभयो ।
जेठ ६ गतेदेखि सञ्चालन भएको अभियान अन्तर्गतको कुष्ठरोग शंकास्पद परिक्षण कार्यक्रममा १९ जनाको छाला जाँच गरिएको र उनीहरुको आइतबार भोलीसम्ममा रिपोर्ट आउने जनाइएको छ ।
वडा नम्बर १०मा तालिम प्राप्त स्वास्थ्यकर्मी परिचालन गरि कुष्ठरोग निदानको लागि अभियान सञ्चालन गरिएको हो ।
बिर्तामोडमा कुष्ठरोगीको संख्या २९ जनाबाट बढेर ३४ पुगेको छ । यस अघि ९ जनामात्रै रहेको वडा नम्बर १०मा ५ जना कुष्ठरोगी थपिएपछि १४ पुगेको हो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर