

मुगु : मुगुको छायाँनाथ रारा नगरपालिका–१४ बाममा ट्याक्टर दुर्घटनामा हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ।

आइतवार राति सदरमुकाम गमगढी बजारबाट खानेपानीको पाइप बोकेर बाम जाने क्रममा बामको फलात नजिकै लु ४ प ७३६८ नम्बरको ट्याक्टर सडक बाट ५० मिटर तल खसि दुर्घटनामा हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको हो।

मृत्यु हुनेमा ३० वर्षका चालक काशिलाल बढुवाल र २० वर्षका सहचालक शिव बढुवालको घटना स्थलमै मृत्यु भएको छ।

आइतबार राति घटना भएको भए पनि घटना बारेमा बिहानै मात्र थाहा भएको स्थानीय प्रेम सिंह बुढाले बताए।
Views: 209

