Aamsanchar

साबालेन्का र सिट्सिपस फ्रेन्च ओपनको दोस्रो चरणमा

Author Image
सोमवार, जेठ १५, २०८०

काठमाडौं – विश्व वरीयताको पाँचौँ नम्बरमा रहेका स्टेफानोस सिट्सिपसले आइतबार राति जिरी भेसेलेलाई ३–१ को सेटमा हराउँदै फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाउन सफल भएका छन् ।

महिलातर्फ दोस्रो वरीयताकी आर्यना साबलेन्काले पनि युक्रेनकी मार्टा कोस्टयुकलाई २–० को सेटमा हराउँदै दोस्रो चरणमा स्थान बनाउन सफल भएकी छन् ।

जारी सिजन दोस्रो ग्राण्डस्लाम उपाधि जित्ने अभियानमा रहेकी साबालेन्कालाई युक्रेनका केही समर्थकले खेल दौरान गिज्याएका थिए ।

पराजित कोस्टयुकले खेलपछि बेलारुसकी साबलेन्कासँग हात मिलाउन अस्विकार गरिन् । पछिल्लो समय रुस र युक्रेनबीचको युद्धका कारण कोस्टयुकले साबलेन्कासँग हात मिलाउन अस्विकार गरेकी हुन् ।

सिजनको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनको उपाधि विजेता साबलेन्काले ३९औँ वरीयताकी कोस्टयुकलाई ६–३, ६–२ को सेटमा हराएकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर