Aamsanchar

बिर्तामोड खानेपानीमा मेघराजको प्यानलै विजयी

Author Image
मङ्गलवार, जेठ १६, २०८०

बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा मेघराज बास्तोला नेतृत्वको लोकतान्त्रिक राष्ट्रवादी प्यानलै विजयी भएको छ । मंगलबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार बास्तोलाको सिंगो प्यानलै विजयी भएको हो । खानेपानीमा लामो समयदेखि नेतृत्व गर्दै आएको नेपाली कांग्रेसले यसपटकपनि आफ्नो वर्चस्व कायम राख्न सफल भएको छ । बास्तोला पार्टी तर्फको उम्मेदवार मात्रले होइन उनको व्यक्तित्व र जनसम्पर्कको कारणले पनि धेरै मतअन्तरले विजय भएका हुन् । 

अध्यक्षका प्रत्यासी देवेन्द्र सिटौलालाई १५९३ मतको फराकिलो मतान्तरले हराउँदै बास्तोला निर्वाचित भएका हुन् । बास्तोलाले २४६६ मत ल्याउँदा सिटौलाले ८७३ मत मात्र पाएका छन् । त्यस्तै अन्य पदाधिकारी र सम्पूर्ण सदस्य पनि सोही प्यानलले जितेको छ । उपाध्यक्षमा शैलेन्द्र सिटौला २०२८, सचिव पारस मैनाली २३४४, कोषाध्यक्ष शारदा रिजाल १५२१, खुल्ला सदस्यमा आनन्द गुरुङ १८१६, खगेन्द्र थापा १५९६ ,महिला सदस्यमा बालादेवी खरेल १८७६ , माया प्रधान खड्गी १९१४ र कमला अग्रवाल १८४४ मत सहित विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

जम्मा ८ हजार ७५६ मतदाता रहेको खानेपानीमा सोमबार सम्पन्न निर्वाचनमा जम्मा ३ हजार ७६४ मत खसेको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गरेको कांग्रेसले कोषाध्यक्ष र एक जना सदस्य राप्रपालाई दिएको थियो । विजयी शारदा रिजाल र खगेन्द्र थापा राप्रपाका उम्मेदवार हुन् ।

यस्तो छ अन्तिम मत परिणाम

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर