Aamsanchar

पाँचथरमा अपांङ्ता भएका व्यक्तिलाई घर हस्तान्तरण

Author Image
मङ्गलवार, जेठ १६, २०८०

पाँचथर –नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले शारिरीक रुपमले अशक्त र विपन्न व्यक्तिलाई घर निर्माण गरेर हस्तान्तरण गर्नु भएको छ ।

उहाँले निर्माण गरेको नयाँ घर एक कार्यक्रमकाबीच शारिरीक रुपले अशक्त व्यक्तिलाई हस्तान्तरण गर्नु भएको हो ।

जनसेवा समाजको संयोजनमा शारिरीक रुपले अशक्त भएका पाँचथरको मिक्लाजुङ गाउँपालिका ८ दुरदिम्बाका भीमबहादुर तामाङको परिवारलाई नयाँ घर बनाएर हस्तान्तरण गरिएको हो ।

रणशेर गण फिदिम पाँचथरको निर्माण र जनशक्ति सहयोगमा स्थानीय सामुदायिक वनबाट काठ ल्याईएको थियो । घर हस्तान्त्ररणमा सहमहामन्त्री आङदेम्बे अति बिपन्न र शारिरीक रुपले अशक्त व्यक्तिलाई सहयोग गर्नु सबैको दायित्व भएको बताउनुभयो ।

उहाँले यस्ता घर निमार्ण अभियानलाई निरन्तरता दिने पनि बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर