Aamsanchar

अफगानीस्तान : विद्युतीय धरापमा परेर तीन बालबालिकाको मृत्यु

Author Image
मङ्गलवार, जेठ १६, २०८०

अफगानीस्तानको वार्दक प्रान्तमा विद्युतीय धरापमा परेर तीन जना   बालबालिकाको मृत्यु भएको छ।

विगतको द्वन्द्वमा बिछ्याइएका विद्युतीय धरापमा परेर ती बालबालिकाको ज्यान गएको तालिवान नेतृत्वको सरकारका एक जना अधिकारीलाई उद्धृत गर्दै खामा प्रेसले जनाएको छ। एक जना बालक घाइते भएका छन्।

अफगानिस्तानमा युद्धकालमा बिछ्याइएका विद्युतीय धराप पहिचान गरी तिनलाई  निष्क्रिय तुल्याउन गत नोभेम्बरदेखि अष्ट्रेलिया, डेनमार्क, जर्मनी, जापान, स्वीडेन, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालय, राष्ट्रसङ्घीय आपत्कालीन प्रतिकार्य कोष लागेका छन्।

यसअघि अफगानिस्तानको नान्गाहार क्षेत्रमा पनि यस्तै घटनामा दुई दिदीबहिनीको मृत्यु भएको थियो। दक्षिणी प्रान्त कान्दाहारमा मे ९ मा भएको दोस्रो घटनामा एकै परिवारका तीन जना बालबालिकाले ज्यान गुमाएका थिए।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर