Aamsanchar

पेस्तोल देखाएर एनएमबी बैंकको शाखामा लुटपाट

Author Image
मङ्गलवार, जेठ १६, २०८०

काठमाण्डाै – महोत्तरीको महोत्तरी बजारमा एनएमबी बैंकको शाखामा लुटपाट भएको छ । आज मङ्गलवार दिउँसो सााढे १२ बजेतिर महोत्तरी गाउँपालिका–२ महोत्तरी बजारको एनएमबी बैंकको शाखामा नचिनेका मानिसको समूहले लुटपाट गरेको प्रहरीले जनाएको छ ।

चार जनाको समूहमा आएका लुटेराले पेस्तोल देखाएर लाइनमा बसेका सेवाग्राही र बैंकको काउन्टरबाट झन्डै ३५ लाख रुपैयाँ लुटेका महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लले बताउनुभयो ।

सीसीटीभीमा देखिएको फुजेटअनुसार लुटेराले ढुक्कसँग लुटपाट गरेका छन् । सीसीटीभीमा स्पष्ट दृश्य देखिएको र उनीहरूले मुकुण्डो नलगाएकाले चाँडै पक्राउ पर्ने प्रहरीको दाबी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर