Aamsanchar

मेक्सिकोमा प्रहरीसँगको झडपमा १० जानाको मृत्यु

Author Image
बुधवार, जेठ १७, २०८०

मेक्सिको सिटी : उत्तरी मेक्सिकोमा सुरक्षा बलहरूमाथि राजमार्गमा बन्दुकधारीको एक समूहले आक्रमण गर्दा १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

‘सिभिल फोर्सका कर्मचारीलाई तीनवटा बख्तरबन्द ट्रकमा यात्रा गरिरहेका मानिसले गोली प्रहार गरेका थिए,’ नुएभो लियोनका सार्वजनिक सुरक्षा सचिव गेरार्डो पालासियोसले फेसबुकमा लेखेका छन् । दोहोरो झडपमा आपराधिक समूहका १० जना मारिएका तथा सिभिल फोर्सका चार जना अधिकारीहरू घाइते भएका उनले जनाएका छन् ।

राजमार्ग भएको उक्त आक्रमण सङ्गठित अपराधमा संलग्न समूहले गरेको हो । आक्रमण हिंसा प्रभावित क्षेत्र न्यूभो लियोन र तामाउलिपास राज्यका राजमार्गमा भएको हो । उक्त राजमार्गमा बेलाबेलामा अपहरण र लुटपाटका घटना हुने गरेका छन् ।

सन् २००६ मा मेक्सिको सरकारले लागुऔषध विरोधी अभियान सुरु गरेयता तीन लाख ४० हजारभन्दा  बढी हत्या, करिब एक लाख बेपत्ताका घटना भएका छन् । ती दुवै घटनामा सङ्गठित आपराधिक गिरोह जिम्मेवार रहेको सरकारले बताउँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर