Aamsanchar

बिर्तामोडमा ४ लाख ७५ हजार पुरस्कारको राष्ट्रिय स्तरको कराते खेल प्रतियोगिता हुने 

Author Image
बुधवार, जेठ १७, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा पहिलो पटक राष्ट्रिय स्तरको कराते प्रतियोगिता आयोजना हुने भएको छ ।

आज (बुधबार) आयोजक संस्था मदन भण्डारी स्पोर्टस् एकेडेमी केन्द्रीय समितिलेले पत्रकार भेटघाट कार्यक्रम मार्फत प्रतियोगिताको बारेमा जानकारी दिएको हो । प्रतियोगिता यही जेठ २६ गतेदेखि २८ गतेसम्म हुने एकेडेमीका उपमहासचिव तथा पूर्वप्रमुख कराते प्रशिक्षक मदन उप्रेतीले जानकारी दिए ।

प्रतियोगितामा आठवटा टिमको सहभागिता रहनेछ । आयोजकको एउटा तथा सात प्रदेशका टिम प्रतियोगितामा सहभागी हुने छन् । त्यस्तै, महिलाहरुको ९ इभेन्ट र पुरुषहरुको १० इभेन्ट गरी १९ वटा इभेन्टमा खेल हुने एकेडेमीका कोशी प्रदेश इन्चार्ज तथा केन्द्रीय उपाध्यक्ष तुलसी मैनालीले बताए ।

प्रतियोगितामा कातासहित महिलातर्फ ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी र ६१ केजीभन्दा माथिका इभेन्ट हुने छन् । पुरुषतर्फ कातासहित ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी, ७५ केजी र ७५ केजीभन्दा माथिका इभेन्ट हुने छन् ।

प्रतियोगितामा प्रत्येक इभेन्टको स्वर्ण पदक प्राप्त गर्ने खेलाडीले नगद १० हजार, रजत पदकसहित ७ हजार र कास्य पदक पाउने खेलाडीले ४ हजार, मेडल तथा प्रमाणपत्र पाउने छन् । त्यस्तै, उत्कृष्ट एक महिला र एक पुरुष तथा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई ट्रफी प्रदान गरिने उप्रेतीले बताए । जम्मा ४ लाख ७५ हजार पुरस्कार प्रदान गरिने बताइएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता सम्पन्न गर्न २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा खेलाडी तथा अफिसियल गरी २०० जनाको सहभागिता रहने मैनालीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर