Aamsanchar

गर्मीले कनकाई नदीमा पौडी खेल्न गएका झापाका २१ बर्षिय युवकको मृत्यु

Author Image
शुक्रवार, जेठ १९, २०८०

विर्तामोड- अत्याधिक गर्मीका कारण खोलामा पौडी खेल्न गएका झापा कनकाई नगरपालिका २ का २१ वर्षीय सलिम गुरागाईको शुक्रबार साँझ डुबेर मृत्यु भएको छ।

कनकाई नगरपालिका २ निवासी गुरागाई साथीसहित स्थानीय कनकाई नदी दोमुखा क्षेत्रमा दिउँसो ४ बजेतिर पौडी खेल्न गएकोमा ४ः१५ बजेतिर अचानक डुबेर मृत्यु भएको कनकाई नगरपालिका २ का वडाअध्यक्ष बलराम राई प्रतापले जानकारी दिनुभयो।

मृतक युवकको शवलाई पोस्टमार्टमका लागि दमक लगिएको छ। झापामा पछिल्लो समय अत्याधिक गर्मीका कारण प्राय सबै विद्यालय केही दिनका लागि बिदासमेत दिइएको छ।

Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर