Aamsanchar

वातावरण संरक्षण सचेतनाका लागि सुरुंगा स्थित हरिकुलको प्रयास

Author Image
सोमवार, जेठ २२, २०८०

कनकाई ।  झापाको कनकाई नगरपालिका–३ मा रहेको श्री हरिकुल नमुना माध्यमिक विद्यालयले विविध कार्यक्रम आयोजना गरेर विश्व वातावरण दिवस मनाएको छ ।
आज (सोमबार) वातावरण संरक्षणको बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुरुंगा बजारमा सचेतना र्याली र सडक नाटक आयोजना गरेर हरिकुलले दिवस मनाएको हो ।

विद्यालयका विद्यार्थीहरूलाई प्रत्यक्ष सहभागी गराएर विगतका वर्षहरूमा पनि वातावरण दिवस मनाउँदै आएको हरिकुलले स्थानीय संघ संस्थाहरूको समन्वयमा कार्यक्रम आयोजना गरेको थियो ।

विद्यालयकी कार्यकारी निर्देशक डा. गृशा रावलको अध्यक्षतामा आयोजित कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पोखरेल, अभिभावक संघका अध्यक्ष लिलाप्रसाद चिमरिया, सुरुंगा जेसीजका अध्यक्ष प्रविण तिम्सिना, लायन्स क्लवका प्रतिनिधि सञ्जय गजुरेल, विद्यार्थीहरू नुमा सेर्मा र प्रिन्जल पौडेलले मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत प्रिन्सिपल रोशन केसी र सञ्चालन शिक्षक सन्दिप मरासिनीले गरेका थिए ।

१६ जुन, १९७२ मा संयुक्त राष्ट्रसङ्घले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने अन्तर्राष्ट्रिय ऐक्यबद्धता बन्यो । त्यसैअनुरूप यो दिवसलाई संस्थागत गर्न सम्मेलनको दोस्रो वर्ष अर्थात् ५ जून १९७३ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रूपमा अङ्गीकार गरिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
9
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 395

प्रतिक्रिया (०)