Aamsanchar

तारकेश्वरमा बसको ठक्करबाट एक किशोरको ज्यान गयो

Author Image
बुधवार, जेठ २४, २०८०

काठमाण्डौ – काठमाण्डौको तारकेश्वर नगरपालिका–६ मा बसको ठक्करबाट एक किशोरको ज्यान गएको छ ।

बा २ ख ४४१३ नम्बरको बसको ठक्करबाट खोटाङको बराहपोखरी गाउँपालिका ४ का १७ वर्षका लप्सन राईको ज्यान गएको हो ।

राईको ग्रीन सिटी अस्पताल बसुन्धारामा उपचारका क्रममा बेलुका सात बजे ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस चालक पक्राउ परेका छन् ।

त्यस्तै काभ्रेको बनेपा नगरपालिका–१३ साँगामा ट्रकको ठक्करबाट एक जना पैदलयात्रुको ज्यान गएको छ ।

गएराति बा ४ ख ४२९४ नम्बरको ट्रकको ठक्करबाट सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका–९ का ७० वर्षीय छेवाङ तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते तामाङको उपचारका क्रममा बनेपाको शिर मेमोरियल अस्पतालमा ज्यान गएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।

ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर