Aamsanchar

व्यवसायीले आलु प्याज आयात बन्द गरे 

Author Image
बिहिवार, जेठ २५, २०८०

फायल तस्वीर : आमसंचार

झापा । कृषि उपजमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने बजेटको प्रावधान खारेज गर्न व्यवसायीहरुले सरकारलाई आग्रह गरेका छन ।

नेपाल कृषिउपज आलु प्याज आयात निर्यात तथा थोक बिक्रेता संघको अगुवाइमा देशै भरिका व्यसायीहरुले अन्य मुलुकबाट आयत गर्दै आएको आलु प्याज आयात बन्द गरेर बजेटको प्रावधान खारेजको माग राखेका हुन ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट घोषणा गर्दै आर्थिक ऐनमार्फत आलु, प्याज र स्याउ लगायतका वस्तुमा भ्याट लाग्ने व्यवस्था गरेको थियो ।

सो व्यवस्थाका कारण आयात हुने तरकारी महँगो हुने र त्यसको असर उपभोक्ताको भान्सासम्म पुग्ने भएकाले आयत बन्द गरिएको बिर्तामोड कृषिथोकका व्यवसायी खगेन्द्र महतोले बताए । अहिले पनि नेपालमा आयात हुने तरकारीजन्य कृषि उपज आलु र प्याजमा ९ प्रतिशत कृषि सुधार शुल्क र ५ प्रतिशत आयकर लाग्ने उनले जनाए ।

सरकारले ५० लाख भन्दा धेरै लागतको आलु प्याज आयात गर्दा १३ प्रतिशत भ्याट थप हुने निर्णय गरेको छ ।  यसो हुँदा आयात विन्दुमै तरकारी र कृषि उपज ३० प्रतिशत महँगो हुने व्यवसायीहरुको दावी छ ।

सरकारको यस्तो कदमले व्यवसायी हतोत्साहित हुने र उपभोक्तालाई पनि महँगीको मार पर्ने भन्दै बिर्तामोडका व्यवसायीहरुले आलु र प्याजमा मूल्य अभिवृद्धि करको निर्णय फिर्ता लिन सरकार समक्ष माग गरेका छन् ।

जेठ २३ गते कृषि उपज तथा आलु, प्याज आयात निर्यात तथा थोक बिक्रेता संघले अर्थ मन्त्रालयमा ज्ञापन पत्र पनि बुझाएको छ । झापा फलफुल तथा तरकारी व्यवसायी संघ बिर्तामोड र नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघ काठमाडौले पनि ऐकिवद्धता जनाउदै बजेटको प्रावधान खारेज गर्न माग राखेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर