Aamsanchar

भक्तजनका लागि चितवनको इच्छाकामना मन्दिर खुला

Author Image
शुक्रवार, जेठ २६, २०८०

चितवन –चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित इच्छाकामना मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बिहीबार विधिवत पूजा गरेर उदघाटन गरेपछि सबैका लागि मन्दिरमा पूजा गर्न खुला गरिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिले जनाएको छ ।इच्छाकामना मन्दिर गोरखाको शहीद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने पर्दछ । मनकामना माईका सात दिदीबहिनीमध्ये एक बहिनी भनेर इच्छाकामनालाई चिनिन्छ । यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने धार्मिक विश्वास छ ।इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराका अनुसार ढुङ्गा माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर २०७५ सालदेखि पुनर्निर्माण सुरु गरिएको थियो । दुई करोड ४२ लाख रुपैयाँको लागतमा मन्दिर पुनर्निर्माण सम्पन्न भएको छ । मन्दिर पुनर्निर्माणका लागि बागमती प्रदेश, इच्छाकामना गाउँपालिका, चन्दादाताले रकम सहयोग गरेका थिए । स्थानीयवासीले श्रमदान गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)