Aamsanchar

यामाहाले बिर्तामोडमा ल्यायो ९९ केजीको रे जेडआर १२५ हाइब्रिड स्कुटर

Author Image
शुक्रवार, जेठ २६, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको पुरानो सोरुम सयपत्री ट्रेडलिंकले झापा लगायत पूर्वी जिल्लाका उपभोक्ताहरुलाई लक्षित गरेर रे जेडआर १२५ हाइब्रिड, स्मार्ट मोटर जेनेरेटरसहितको हाइब्रिड स्कुटर बिक्रीका लागि सार्वजनिक गरेको छ ।
आज (विहिबार) यामाहा नेपालले ल्याएको रे जेडआर १२५ हाइब्रिडमा चार ट्रिमहरू स्ट्यान्डर्ड, डिलक्स र प्रिमियम–प्रिमियम प्लस बिर्तामोडमा सयपत्रीले उपलब्ध गराएको हो ।

रे जेडआर १२५ हाइब्रिडको केन्द्रमा शक्तिशाली एयर कुल्ड, फ्युल इन्जेक्टेड १२५ सिसी ब्लु कोर इन्जिन छ । साइलेन्ट स्टार्टरका रूपमा पनि चिनिने यो प्रणाली इन्धन दक्षतालाई मद्दत गर्न इलेक्ट्रिक मोटरका रूपमा दोब्बर हुन्छ । इलेक्ट्रिक पावर सपोर्टको सिमलेस एकीकरणले इन्धनको बचत मात्र गर्दैन, समग्र सवारी अनुभवलाई पनि बढाउँने कम्पनीको दावी रहेको छ  ।

रे जेडआर १२५ हाइब्रिड एक पुनः डिजाइन गरिएको हो, जसमा पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र एलइडी हेडल्याम्प रहेको छ । १४५ एमएमको ग्राउन्ड क्लियरेन्सका साथ मात्र ९९ किलोग्राम तौल भएको यसमा युनिफाइड ब्रेकिङ सिस्टम (युबिएस), साइड स्ट्यान्ड इन्जिन कट–अफ फङ्सन र २१ लिटर अन्डर–सिट भण्डारण सुविधा रहेको एमएडब्लुका क्षेत्रिय व्यवस्थापक कुन्दन भण्डारीले बताए ।

कार्यक्रमका अध्यक्ष, सयपत्री ट्रेडलिंकका सिइओ बिनोद बस्नेतले भने ‘अल्टिमेट स्कुटर बाइकिङ एरोक्सको सफल सुरुवातपछि नेपालको पहिलो हाइब्रिड स्कुटर रे जेडआर हाइब्रिड लन्च गर्न पाउँदा खुसी लागेको छ ।‘ ‘यसले शक्ति, शैली र सुरक्षाको संयोजन गर्छ, जसले गर्दा हाम्रा मूल्यवान् ग्राहकलाई अत्याधुनिक उत्पादन उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ फराकिलो बनाउँछ ।’ रे जेडआर १२५ हाइब्रिडको बेसिक मोडेल स्ट्यान्डर्ड रियर ड्रमको मूल्य दुई लाख ७९ हजार नौ सयबाट सुरु हुन्छ ।

एक औपचारिक कार्यक्रम मार्फत बिर्तामोडमा भएको लन्चिङ कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले स्कुटर अनावरण गरेका थिए । कार्यक्रमको सञ्चालन सुरज प्रधानले गरेका थिए ।

लन्चिङकै बेला अर्जुनधारा ३ की चन्द्रकला खड्काले नयाँ स्कुटर खरिद गरेकी छन् । सोही अवसरमा भाग्यशाली बन्न सफल भद्रपुरका काजिमान लिम्बुलाई मोबाइल फोन उपहार प्रदान गरिएको थियो । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर