Aamsanchar

बैतडीमा भीरबाट लडेर एकको घटनास्थलमै मृत्यु

Author Image
शुक्रवार, जेठ २६, २०८०

बैतडी : भीरबाट लडेर बैतडीमा आज एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मेलौली गाउँपालिका-३ का ३८ वर्षीय देवबहादुर चन्द रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।​​

 

घरनजिकै रहेको भिटा भीरबाट लडेर १५० मिटर तल खसेका चन्दको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

चन्दको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।

यसअघि जेठ २१ गते पनि पञ्चेश्वर गाउँपालिका–५ बलाराका १९ वर्षीय प्रेम कलौनीको मेलौली नगरपालिका-५ को अर्जुन अदल्लेको भीरबाट लडेर मृत्यु भएको थियो।

Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर