Aamsanchar

सशस्त्रद्वारा १४ लाख ६ हजार ५ सय नेपाली रुपैयाँसहित पक्राउ

Author Image
शुक्रवार, जेठ २६, २०८०

काठमाडौं – बाँकेको नेपालगंज उपमहानगरपालिका -१६ चौलिका चोकबाट स्रोत नखुलेको रकमसहित एकजना पक्राउ परेका छन्।  बाँकेको डुडुवा गाउँपालिका ४ साहपुरुवा बस्ने
३५ वर्षीय उमाकन्त गुप्तालाई १४ लाख ६ हजार ५ सय नेपाली रुपैयाँसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

भे ६ प ३७४६ नम्बरको मोटरसाइकलमा सवार उनलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा सो रकम बरामद गरेको हो। उनले रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
गुप्तालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाइएको छ ।

Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर