विराटनगर । एमाले कोशी प्रदेशले पहिचानको नाममा आन्दोलन गरिरहेको समूहले पटक पटक एमालेका नेताहरूमाथि गरिएको सुनियोजित आक्रमणको घोर भर्त्सना र निन्दा गरेको छ ।
एमाले कोशी प्रदेश अध्यक्ष तुलसी प्रसाद न्यौपानेको हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ –कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार र संसदीय दलका उपनेता रामबहादुर राना माथि आक्रमण गरेपछि कोशी प्रदेशले घटनाको निन्दा गरेको हो ।
कोशी प्रदेश सरकारबाट सञ्चालन भएका विविध विकास आयोजनाहरूको अनुगमन तथा जिल्ला भ्रमणका क्रममा गत जेठ २५ गते इलाम जिल्लाको देउमाई नगरपालिका –३ मंगलबारेबाट इलाम नगरपालिका –११ सोयाक भन्ज्याङ पुग्दा एमाले केन्द्रिय कमिटीका सदस्य कोशी प्रदेश सभाका एमाले संसदीय दलका उपनेता राम रानालाई पहिचानवादी भन्ने अपरिचित मानिसहरूको झुण्डद्वारा बाटोको बिचमा मुढा तेस्र्याई आवागमन अवरुद्ध गर्ने र गुण्डागर्दी शैलीमा राना माथि सांघातिक आक्रमण मात्र हैन सवार गाडीमा मोबिल खन्याएर आगो लगाउने दुश्प्रयास गरेको छ । यसै गरी सोही दिन उदयपुर जिल्लाको श्री १८ नम्बर वाहिनी भुल्केमा रहेको सर्प –दंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर विराटनगर फर्कने क्रममा उपसभामुख दनुवारलाई पहिचानवादी बताउने एक हुल मानिसले आक्रमण गरेको छ । यसै गरी त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईलाई लक्षित गरी नारा जुलुस गर्ने, उसृङ्गखल गतिविधि गर्ने, ढुङ्गामुढा प्रहार गर्ने जस्ता आपराधिक कृयाकलाप गरिएको छ । ढुङ्गामुढा प्रहारबाट उपप्रमुख महेश्वरी राईले प्रयोग गरिएको सवारी साधनमा क्षति पुगेको छ ।
यस्ता अवाञ्छित, जघन्य र अपराधपूर्ण घटनाहरूले पार्टी नेकपा एमाले कोशी प्रदेशलाई गम्भिर बनाएको छ । एमाले पार्टीका नेताहरू कार्यकर्ताहरू लाई लक्षित गरेर वारवार आक्रमण प्रयास गर्ने, पार्टीले आयोजना गरेका कार्यक्रमहरू बिथोल्न प्रयास गर्ने, पार्टीका श्रद्धेय अध्यक्ष, मुख्य मन्त्री, मन्त्री र माननीयहरू लगायत माथि सांघातिक आक्रमण गर्ने, प्रहारको निसाना बनाउने जस्ता कृयाकलापहरू पटक पटक हुने गरेका हुनाले अवाञ्छित र अपराधपूर्ण कृयाकलापहरू देखिँदा समेत प्रहरी प्रशासनले अपराधमा संलग्न गुण्डाहरूलाई नियन्त्रणमा लिने र कानुनी कार्वाहिको दायरामा ल्याउने काम प्रभावकारी नगरेको हुनाले यस्ता कृयाकलापको घोर निन्दा र विरोध भत्सर्ना गर्दे दोषीलाई नियन्त्रणमा लिई कानुनी दायरामा ल्याउन र शान्ति सुरक्षा बहाल गर्न संघीय सरकार सँग जोडदार आवाज उठाउँदै एमाले पार्टी नेता, कार्यकर्ता माथि हुने गरेका आक्रमण र हिंसाका घटनाको डटेर प्रतिवाद गर्ने निर्देशन समेत अध्यक्ष न्यौपानेले दिएको बताए । तसर्थ कोशी को नाममा कार्यकर्ता माथि हुने आक्रमणलाई तुरुन्तै प्रशासनले चासो देखाएन भने त्यस्ता गुण्डाहरूलाई कार्यकर्ताहरूले नै ठिक पार्ने ताकत एमालेमा रहेको न्यौपानेले चेतावनी दिएका छन् ।
बिज्ञप्ती जस्ताको त्यस्तै