Aamsanchar

माइधार– दोमुखा कालोपत्रे, पर्यटक बढ्ने अपेक्षा

Author Image
शुक्रवार, जेठ २६, २०८०


माइधार ।  झापाको शिवसताक्षी स्थित पर्यटकीय स्थल दोमुखा पुग्ने सडक कालो पत्रे भएको छ ।
शिवसताक्षी नगरपालिका –१० स्थित माइधार – दोमुखा २९ सय मिटर लामो सडक कालो पत्रे भएको हो ।

४ करोड २४ लाख ८३ हजार २४५  विनियोजित रकमबाट कालो पत्रे भएको हो । जसमा शिवसताक्षी नगरपालिकाको रु २ करोड २४ लाख ८३ हजार २४५ रुपैयाँ र संघीय समपूरक कोषको रु २ करोड रकम रहेको छ । सडक ढल रहित ७ मिटर चौडाइ कालोपत्रे भएको छ । जसमा तीनवटा बक्स कल्भर्ट र दुई वटा ह्युमपाइप समेत निर्माण भएको छ ।

शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले माइधार –दोमुखा सडक कालो पत्रे गर्न धेरै बाधा व्यवधान आई परे पनि कालो पत्रेको काम सम्पन्न भएको बताए ।  हाल कालो पत्रेको काम सम्पन्न भएको छ । सडकमा निर्माण भएका कल्भर्टहरु केही समय जाम गर्नु पर्ने भएकाले कल्भर्टको काममा समय लाग्ने थोप्राको भनाई छ ।

शिवसताक्षीको माईधारदेखि दोमुखा सम्मको उक्त सडक कनकाई सिँचाइ आयोजनाले बिस २०३३ सालमा निर्माण गरेको थियो । त्यस पश्चात अहिलेसम्म उक्त सडकको स्तरन्नोति हुन सकेको थिएन । करिव ४० वर्षपछि यस सडक कालोपत्रे भएको हो ।

शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले सडक निर्माण मापदण्ड अनुसार सम्पन्न भएको बताएकी छन् ।
माइधारबाट दोमुखा सम्म बाटो राम्रो नहुँदा यहाँ आउने पर्यटकहरूले सास्ती ब्यहोर्नु परेको थियो । दोमुखा पर्यटकीय क्षेत्र जाने बाटो कालो पत्रे बनेपछि आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्या  वृद्धि हुने नगरले अपेक्षा राखेको बताइन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)