

दाङ : लमही नगरपालिका-९ अमिलियाबाट बाघको छाला र हड्डी जस्तो देखिने वस्तुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाघको छालाजस्तो देखिने ९ फिट ६ इन्च लामो वस्तु र बाघको हड्डी जस्तो देखिने वस्तु ८ केजी ४ सय ३० ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा राजपुर गाउँपालिका-७ बस्ने ३१ वर्षीय बीर बहादुर पुन र रोल्पा माडी गाउँपालिका-३ बस्ने २८ वर्षीय अमलाल घर्ती मगर रहेका छन् ।
प्रहरीले बा.२० प ९०७२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त वस्तुसहित फेला पारेको हो।

प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Views: 148

