Aamsanchar

सामाजिक सुरक्षा भत्ता लिन गएर बेपत्ता भएकी वृद्धा मृत फेला

Author Image
शनिवार, जेठ २७, २०८०

अछाममा सामाजिक सुरक्षा भत्ता लिन गएर बेपत्ता भएकी एक वृद्धा मृत फेला परेकी छन्। पाँच दिन अघि छोरासंगै घरबाट भत्ता लिन गएकी पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी अन्दाजी ६१ बर्षीया कौशील्ला देवी रावल शुक्रवार मृत फेला परेको प्रहरीले जनाएको छ।

उनी विनायक र कालिकास्थानको सिमाना नजिकै मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

मध्य पहाडी सडक खण्डबाट करिब पाँच सय मिटर भिरमा उनको शव फेला परेको हो।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर