कजाकिस्तानको अबाइ क्षेत्रमा जङ्गली डढेलोमा परेर तीन जनाको ज्यान गएको छ । ११ जना बेपत्ता भएका स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
आगो निभाउने, खोजी र उद्धार कार्यमा ८ सय जनभन्दा धेरै मानिस सहभागी भएका खबरमा उल्लेख छ । डढेलोको उच्च जोखिममा रहेका ७ सय जनालाई उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको छ । उच्च तापक्रम, डढेलोको क्षेत्र विशाल बन्दै जानु र हावाहुरीका कारण आगो निभाउन निकै समस्या भएको छ ।
गएराति मुख्य क्षेत्रको डढेलो निभाएसँगै बिस्तारै सबै क्षेत्रको डढेलो निभाउन सहज हुने अधिकारीहरुले जनाएका छन् । जङ्गलमा दुई वटा ठूला चट्याङ परेपछि डढेलो सुरु भएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 164