

कास्की – पोखरामा स्विमिङ पुलमा डुबेर एक बालककाे ज्यान गएकाे छ । पोखरा उपमहानगरपालिका–१६ बाटुलेचौरमा रहेको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा पोखरा–८ का १० वर्षीय ऐनक्स थापाको ज्यान गएको कास्की प्रहरीले जानकारी दिएको छ ।

पौडी खेल्दा डुबेर बेहोस भएका थापालाई उपचारका लागि दीप अस्पताल लगिएकाे थियाे । बालककाे उपचारका क्रममा ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।
Views: 239

