Aamsanchar

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई विद्यार्थीले मोसो दले

Author Image
सोमवार, जेठ २९, २०८०

विराटनगर : पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका  प्रमुख महेश दाहाललाई विद्यार्थीहरूले मोसो  दलेका छन् । सोमबार दाहालमाथि क्वार्टरमै गएर विद्यार्थीहरूले मोसो दलेका हुन्  ।

पूर्वाञ्चल विश्वविद्यालय भित्र अनेकौं समस्याका लागि लामो समय मागसहितका शान्तिपूर्ण आन्दोलन गर्दा पनि र  भिसि कार्यालयसँग वार्ता भईरहे पनि सेवा आयोगमा राखेको मागको सम्बोधन नहुँदा यो कदम चालिएको विद्यार्थी नेताहरू बताउँछन् ।

पाँच महिनासम्म पनि सेवा आयोगको अध्यक्षले वार्ता संवादको बाटो नखोजेको र माग सम्बोधन नगरिएको  नेवि संघ मोरङका सभापति सरोज पोखरेलको आरोप छ ।

Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर