Aamsanchar

काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

Author Image
मङ्गलवार, जेठ ३०, २०८०

काठमाडौं –काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–११, भोटेवहालस्थित शान्तिमार्गमा बस्दै आएका शेरबहादुर शेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार साँझ प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बागलुङको ढोरपाटन नगरपालिका–१ घर भई शान्तिमार्गमा डेरा गरी बस्दै आएका ५२ वर्षीय दिनेश शेरचनसहित १३ जना रहेका प्रहरीले जनाएको छ ।

उनीहरूलाई नगद एक लाख ६७ हजार रुपैयाँ र १६ बुक ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर