Aamsanchar

प्रहरीद्वारा दुई लाखभन्दा बढि मूल्यको अवैध सामान बरामद

Author Image
मङ्गलवार, जेठ ३०, २०८०

काठमाडौं : रौतहट गौर नगरपालिका- २ स्थित भन्सार इलाकाबाट १ लाख १९ हजार ७ सय ८० रुपैयाँ बराबरको किराना सामान तथा लत्ताकपडा प्रहरीले नियन्त्रणमा लिएको छ।

भारतबाट अवैधरुपले नेपालतर्फ ल्याउँदै गरेको सामान सीमा सुरक्षा गुल्म गौरले बरामद गरेको हो । यसैगरी नम्बर ३४ गण कैलालीले धनगढी उपमहानगरपालिका ३ चटकपुर इलाकाबाट भारतबाट अवैधरुपले नेपालतर्फ ल्याउँदै गरेको १ लाख ६ हजार ४ सय ५० रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।

बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर