Aamsanchar

दाहाल वंश सुरुआत कर्ता दाशुको सालिक अनावरण

Author Image
बुधवार, जेठ ३१, २०८०

दैलेख । दाहाल वंशको सुरुआत गर्ने कुल शिरोमणि दाशुको सालिक अनावरण भएको छ ।

दल्लु नगरपालिका १२ स्थित दह गाउँमा आज प्रधानमन्त्री पुष्पकमल दाहालले कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रतिष्ठानद्वारा निर्मित दाशुको पूर्णकदको सालिक अनावरण गरेका हुन् ।

दाशुको जन्म भएको स्थान दह गाउँमा उनको पूर्णकदको सालिक स्थापना गरिएको हो । सोही अवसरमा प्रधानमन्त्री दाहाललाई अभिनन्दनसमेत गरिएको छ ।

दाहाल,लम्साल, रुपाखेती, कुँवर तथा राणाहरू दाशुका सन्तति हुन् । दाशुको सालिक जेठ २५ गते काठमाडौंबाट दह गाउँमा पुर्‍याइएको थियो ।

दाहाल वंशको इतिहास । 

दाहाल नेपालका ब्राम्हण हरू मध्यको एक थर हो। पश्चिम नेपालको दैलेखको दुल्लु दाहालहरूको उद्गम स्थल भएको कुरा दाहाल वंशावलीमा उल्लेख गरिएको छ । दाहाल भनिनु अघि दाहालहरू भट्ट भनेर चिनिन्थे पछि पाध्याय, उपाध्याय हुँदै दाहाल लेख्न र भन्न थालिएको अनुमान गरिएको छ । दाहाल हरू नेपालको पूर्व पश्चिम उत्तर दक्षिण सबै तिर छरिएर रहेका छन् । पत्रकार रिपेश दाहाल का अनुसार दाहालको २५ पुस्ताको इतिहास फेला परेको छ । दाहालहरू दासु भट्टका सन्तान हुन् । लम्साल, रूपाखेती,कुवर,राणा सबै दाहाल नै हुन् विभिन्न काल खण्डमा आएर दाहालले दोलखामा रोपेको खेत बिर्ता पाएको भएर एकथरी दाहाल रूपाखेती भए । दाहाल भित्रैका लुम्साली बाजेका सन्तान अपभ्रंश भै हाल लम्सालको रूपमा रहेका छन् ,। दाहालकै एक सन्तानले मगर जातकी कन्या संग वैवाहिक सम्बन्ध कायम गरेकाले तत्कालीन प्रचलन अनुसार अन्तर्जातीय विवाह गर्ने वर सुवर नभई कुवर हुन्छ भनी कुवर भन्न थालियो र पछि कुवंर भन्न र लेख्न थालियो । तिनै कुवंर मध्यका बाल नरसिंह कुवंर का सन्तान जंग बहादुर कुवंरले कोतपर्व पश्चात उपाधि स्वरूप राणा पदवी धारण गरेका हुन् । नेपाली परिवारको बाहुन तथा क्षेत्री जातीको एक यो थरको गोत्र वत्स हुन्छ। दाहाल हरूको सगोत्री थर हरू लम्साल ,कुवर ,राणा र रूपाखेती ,दाहाल हरूका २ हागा छ ,जसलाई बूढा र रूपाखेती भनिन्छ जस मध्ये बूढा दाहाल हरूले पूर्णिमाको दिन गाईको दूध खादैनन् दाहालहरूको सामाजिक संस्था दाहाल प्रतिष्ठानको केन्द्रीय कार्यालय झापाको दमकमा रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)