Aamsanchar

झापामा यामाहा रे जेट आर १२५ एफ आई माइलेज च्यालेन्ज प्रतियोगिता सम्पन्न

Author Image
बिहिवार, जेठ ३२, २०८०

बिर्तामोड । यामाहा रे जेटआर १२५ एफआई माइलेज च्यालेन्ज प्रतियोगिता सम्पन्न भएको छ ।

आज (विहिबार) बिर्तामोड स्थित सयपत्री ट्रेडलिंकको संयोजनमा प्रतियोगिता सम्पन्न भएको हो ।

२५ किलो मिटर दूरीलाई निश्चित गरेर प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा १६ जना रे जेट आर स्कुटर प्रयोगकर्ता महिला तथा पुरुषहरूको सहभागिता रहेको थियो ।  प्रतियोगितामा भोजराज शिवाकोटी प्रथम, विष्णु गिरी दोस्रो र कल्पना भण्डारी तेस्रो बनेका छन् ।

स्कुट चलाउने तरिकाको आधारमा माइलेज निर्धारण हुने कम्पनीले जनाएको छ । प्रतियोगितामा प्रथम हुने गिरीले चलाएको स्कुटरले एक लिटर पेट्रोल खपत हुँदा ८१ किलो मिटर माइलेज दिएको सयपत्री ट्रेडलिंकका प्रबन्धक पुष्कर अधिकारीले बताए ।

कम दूरीमा प्रतियोगिता आयोजना गरिएकोले प्राविधिकहरूले ट्याङ्कीमा स्केल राखेर माइलेज मापन गरेका थिए ।

बिर्तामोडका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता सयपत्री ट्रेडलिंकले आफ्नो ग्राहकहरूको स्कुटरको माइलेज अवस्था र स्कुटर प्रयोगकर्ताहरूको प्रतिकृया बुझ्ने उद्देश्यले माइलेज च्यालेन्जिङ प्रतियोगिताको संयोजन गरेको सयपत्री ट्रेडलिंकका कार्यकारी निर्देशक बिनोद बस्नेतले बताए ।

बिर्तामोड यामाहा सोरुम बाट सुरु भएको स्कुटर राईड माइधार हुँदै दोमुखा पुगेर टुङ्गिएको थियो ।

बिजेताहरूलाई एमएडब्लुका कुन्दन भण्डारी,  इन्जिनियर नाथुनी साह, सयपत्रीका बिक्री प्रबन्धक आकाश आचार्यले पुरस्कार वितरण गरेका थिए । यामाहाको तर्फबाट सबै सहभागीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतियोगिता कार्यक्रम सञ्चारकर्मी सुरज प्रधानले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ बढ्यो
शुक्रवार, मंसिर ७, २०८१
सुनको मूल्य बढ्यो
बिहिवार, मंसिर ६, २०८१