काठमाडौं –नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । हरारे स्पोर्ट्स क्लबमा जिम्बावेका कप्तान क्रेग इर्विनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।
नेपालले ब्याटिङलाई ध्यानमा राख्दै जिम्बावेविरुद्ध प्लेइङ ११ मैदान उतारेको छ । नेपालले अघिल्लो महिना एसिसी प्रिमियर कपको फाइनलमा युएईविरुद्ध टोलीबाट ललित नारायण राजवंशीको स्थानमा दीपेन्द्रसिंह ऐरी टोलीमा फर्किएका छन् ।
जिम्बावे तीव्र गतिका बलरलाई सहयोगी बढी मानिन्छ । नेपालसँग स्पिनर सन्दीप लामिछानेसँगै कुशल मल्ल र दीपेन्द्र राम्रो स्पिन विकल्प हुनेछन् ।
दीपेन्द्रले २०१७ मा नेपाली टोलीमा डेब्यू गरेपछि पहिलो पटक लयका कारण प्लेइङ ११ बाहिर हुनु परेको थियो । दीपेन्द्र ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रका अब्बल खेलाडी हुन् । उनले यी तीन मध्य कुनैपनि क्षेत्रबाट टोलीलाई जिताउन सक्छन् ।
जिम्बावेको पिचमा नेपालले दुई प्रमुख स्पिनर नखेलाउने निर्णय लिएको हो । त्यसैले ललितको ठाउँमा दीपेन्द्रलाई मौका दिएको हो । जसले गर्दा नेपालको ब्याटिङ(११ नम्बरसम्म भएको छ । ललितलाई नेपालले घरेलु मैदान टियुमा मात्रै प्रयोग गरेको थियो । युएईमा भने ललितलाई नेपालले बेन्चमै राखेको थियो । नेपालको १ देखी ११ नम्बर सम्मका सन्दीप लामिछाने सबैले राम्रो ब्याटिङ गर्दछन् ।
नेपालको प्लेइङ ११ :
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने ।