Aamsanchar

पाँचथर : पहिरोमा फसेका तीन घरका १२ जनाकाे हेलिकप्टरबाट उद्धार

Author Image
सोमवार, असार ४, २०८०

पाँचथर – पाँचथरको याङ्वरक गाउँपालिका–१ फेदी गाउँमा पहिरोमा फसेका तीन घरका १२ जनाकाे हेलिकप्टरबाट उद्धार गरिएको छ ।

उनीहरुलाई नेपाली सेनाको  हेलिकप्टरबाट उद्धार गरी याङवरक-१ च्याङथापुमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

उनीहरुलाई च्याङथापुमा रहेकाे विष्णु माध्यमिक विद्यालयमा राखिएको याङ्वरक गाउँपालिकाकी उपाध्यक्ष बाबा मेन्याङबाले जानकारी दिनुभयो ।

शनिवारदेखि परेको अविरल वर्षाका कारण फेदीगाउँ बस्तीनजिकै माथिबाट पहिरो बग्न थालेपछि जोखिम बढेको हाे ।

Views: 290

प्रतिक्रिया (०)