Aamsanchar

विद्यालयबाट फर्किने क्रममा लडेर ५ वर्षीया बालिकाको मृत्यु

Author Image
मङ्गलवार, असार ५, २०८०

बैतडी : विद्यालयको छुट्टी भएर घर फर्किने बेला लडेर सोमबार एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका-१ को माणौ टोलकी  हेमन्ती धामी रहेकी छन्।

स्थानीय  पञ्चोदय माविमा  कक्षा १ मा अध्यनरत धामी विद्यालयबाट घर फर्कने क्रममा सोमबार ४ बजेतिर गडान भन्ने ठाउँमा  लडेर मृत्यु भएको  उक्त विद्यालयका  प्रधानाध्यापक मान सिंह धामीले जानकारी दिए।

Views: 75

प्रतिक्रिया (०)