Aamsanchar

३० वर्ष पुरानो घाग्रा खोला सिँचाई बाध अर्जुनधारा ५ ले भत्काई दियो 

Author Image
मङ्गलवार, असार ५, २०८०

घाग्रा खोला सिँचाई बाध भत्काउने कार्य हुदै ।

चारपाने । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ ले कनकाई र बिर्तामोड सिमा क्षेत्रमा रहेको घाग्रा खोलाको सिँचाइ पक्की बाध भत्काई दिएको छ । आज मंगलबार अर्जुनधारा ५ का वडाध्यक्ष गीता राज खड्का (हरि) आफै उपस्थित भएर उक्त बाध भत्काउन लगाएका हुन । सीमाका हिसाबले देख्दा घाग्रा बाध कनकाई र बिर्तामोड नगरपालिका परे पनि कानुनी रुपमा क्षेत्र अधिकार भने अर्जुनधारा नगरपालिकामा पर्छ ।

विगत ३ दशक अघि घाग्रा खोलामा कनकाई ८ का केही भूभागमा सिँचाइ गर्नको लागि बाध बनाइएको थियो । निर्माण भएको बाधका कारण पटक पटक अर्जुनधारा ५ का भूभागहरू वर्षायाममा डुबानमा पर्दै आएको थियो । खोला क्षेत्र ओगट्ने गरि बाँधिएको बाध (ड्याम) को कारण बालुवा जम्मा भएर खोला माथि उठेकाले डुबानको जोखिम उच्च भएकाले बाध भत्काइएको हो ।

सिँचाई बाध भत्काउन लगाउने अर्जुनधारा–५ का वडाध्यक्ष गीताराज खड्का (हरि) ।

पहिले उक्त बाधबाट ६० भन्दा धेरै कृषकहरूको खेतीमा सिँचाइ हुँदै आएको थियो । अर्जुनधारा क्षेत्र डुबानामा पर्दा पनि कृषकको आवश्यकतालाई बुझेर अर्जुनधाराले बाध भत्काएको थिएन । करिव ५ वर्ष यता देखि नहरको पानी स्थानीयले उपभोग गर्न छोडेका कारण हाल उपयोग विहीन बनेको बाध भत्काइएको वडाध्यक्ष खड्काले बताए ।

बाधमा कारण घाग्रा खोलामा थुप्रिएको बालुवा । बालुवाले पुल छुनै लागेको अवस्था थियो । फोटोहरु : सरोज सुवेदी/आमसंचार

बाधकै कारण बिर्तामोड–२ को प्रणामी मन्दिर, अर्जुनधारा ५ मुख्य सडक उत्तर दलबहादुर मार्ग, रेडक्रस मार्ग र बिहिबारे बजार क्षेत्र डुबानमा पर्ने गरेका थिए । बाध भत्काउनुको सँधै खोलामा जम्मा भएको बालुवा पनि पन्छाइएर खोलो सोझ्याइएको छ । अब भने घाग्रा खोलामा आउने बाढीका कारण अर्जुनधारा, बिर्तामोड र कनकाई नगरका खोला तटीय क्षेत्र डुबान मुक्त हुने भएको छ ।

भिडियो पनि हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 37

प्रतिक्रिया (०)