Aamsanchar

हाइकिङ र साइक्लिङको टोली बाहुनडाँगी देखि सलकपुर सम्म

Author Image
मङ्गलवार, असार ५, २०८०

बिर्तामोड । पर्यटन कार्यालय काँकडभिट्टाको आयोजना र ग्रीन जेनेरेसन मेचीनगर–४ को सहकार्यमा खेलकुदलाई पर्यटन सँग जोड्ने उद्देश्यले एक दिवसीय हाइकिङ एवम् साइक्लिङ कार्यक्रम सम्पन्न भएको छ । 

हिजो असार ४ गते मेचीनगरको बाहुनडाँगी देखि इलाम जिल्लाको रोङ गाउँपालिकाको वडा नम्बर ६ को सलकपुर सम्मको गन्तव्य तोकेर हाइकिङ र साइक्लिङ कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा ३३ जना प्राकृतिक प्रेमी घुमन्ते हरुले सहभागिता जनाएका थिए । जसमा लामो समदेखि नयाँ पर्यटकीय गन्तव्यको खोजी र पर्यटन क्षेत्रको पहिचान बनाउन खोज्दै गरेका गन्तव्यहरूको प्रचारमा क्रियाशील रहँदै आएका झापाका ९ जना साइक्लिस्टहरुको पनि सहभागिता रहेको पर्यटन कार्यालयका निरज कट्टेलले बताए ।

बाहुनडाँगी बाट यात्रा सुरु हुने क्रममा । 

कोशी प्रदेश पर्यटन कार्यलयका अधिकृत रामसुन्दर थापा, ग्रामीण पर्यटन अभियन्ता तथा मेचीनगर –४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, हात्ती–मानव सहअस्तित्व कायम गर्न हात्ती संरक्षण अभियानमा लाग्दै आएको ग्रीन जेनेरेसनका महासचिव मञ्जिल देवान, चरा संरक्षण अभियन्ता देवेन्द्र खरेल, पत्रकार बिनोद पाण्डे, राजकुमार ओली, पर्यटन प्रहरी किरण अधिकारीलगायत सङ्घसंस्थाका प्रतिनिधिहरूले हाइकिङ ९ पैदल यात्रा गरेका थिए ।

पाटापुरमा आयोजित कार्यक्रम स्थल ।

बाहुनडाँगी पूर्व मेची खोला किनारै किनार हात्ती प्रभावित क्षेत्र हुदै झापा–इलाम सीमा क्षेत्रको प्राकृतिक सुन्दर गाउँ पाटापुर पुगेर सम्क्षिप्त कार्यक्रम गरिएको थियो । पाटापुरलाई पर्यटन गन्तव्य बनाउन के गर्न सकिन्छ, होमस्टे स्थापना गर्दाको फाइदाको बारेमा स्थानीहरू सँग छलफल गरिएको छ ।

सलकपुर स्थित एक होमस्टे ।

छलफलका क्रममा स्थानीय युवा सन्तोष निरौलाले पाटापुरलाई धार्मिक पर्यटनमा जोड्न जरुरी छ, पाटापुर र आसपासका क्षेत्र धर्मिक ग्रन्थहरूमा प्रस्ट उल्लेख भएको पाइन्छ । उनले भने ‘पाटापुर भिमचण्डीको राज्य रहेको ठाउँ हो, सीमा पारी लुहासल राक्षसको राज्य थियो हाल सो ठाउँलाई लुहागढले चिनिन्छ, उत्तरमा सतालसेनको राज्य थियो अहिले सलकपुर भन्ने गरिन्छ, पाँच पाण्डवले हालको कृष्णथुम्की टाकुराबाट लुहासुरलाई आक्रमण गरेर विजय प्राप्त गरेको प्रसस्त प्रमाण रहेको छ । यस कारण लुहागढ धार्मिक पर्यटनको एक प्रचुर गन्तव्य बन्न सक्छ, यस क्षेत्रलाई विष्णु भगवानको दश अवतारको प्रतिमा स्थापना गरेर धार्मिक पर्यटन क्षेत्र बनाउने योजना भइरहेको छ ।’

नेपाल-भारत सीमा क्षेत्र मेची खोलामा देखिएको अनुपम वातावरणीय । 

कार्यक्रममा मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले हाल समस्याको रुपमा रहेको हात्ती वितण्डा लाई अवसरको रुपमा लिन सकिन्छ,  हात्ती अवलोकन गर्ने पर्यटन गन्तव्य बनाउन सकिने तर्क राखे, उनले भने स्थानीहरू सर्वप्रथम पर्यटन व्यवसायमा लाग्न मनदेखि लाग्नु पर्छ । हाम्रो योजनालाई सार्थक बनाउन नेपाली मात्र होइन लाखौं भारतीयहरू आउने छन् ।

कार्यक्रमको सहजीकरण निरज कट्टेलले गरेका थिए ।

सलकपुर स्थित जस्केलो समुदायिक होमस्टेमा पर्यटन अभियन्ताहरु ।

कार्यक्रम सकेर दिउसो २ बजे उत्तर तर्फ जंगलै जङ्गल उकालो चढेको टोली साँझ ७ बजे सलकपुर पुगेको थियो । समुद्री सतह देखि ९ सय मिटर उचाइमा रहेको भौगोलिक र वातावरणीय हिसाबले उत्कृष्ट गन्तव्य बनेर रहेको सलकपुरमा रहेका आधा दर्जन जति होमस्टेहरुको अवलोकन गरेर कार्यक्रम समापन भएको थियो । 

सलकपुर स्थित एक घर । अहिले मनसुनका कारण जताततै हरियाली र सेता बादलहरूको लप्काले सलकपुर रमणीय रहेको छ । 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर