Aamsanchar

संखुवासभामा अन्तर्राष्ट्रिय योग दिवस

Author Image
बुधवार, असार ६, २०८०

खाँदबारी – आज नवौं अन्तर्राष्ट्रिय योग दिवस। हरेक वर्ष जुन २१ गते अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ। दिवसको अवसरमा आज बिहानै संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङ्गमा योग अभ्यास गरी दिवस मनाइएको छ।

मानेभञ्याङ्ग योग समुह, मानेभञ्ज्याङ्गले योग सप्ताहको रुपमा योगा अभ्यास गरेको योग समुहका अध्यक्ष तर्कबहादुर बुढाथोकीले जानकारी गराए। जीवन योग प्रयोगशाला खाँदबारीको सहयोगमा सप्ताहव्यापी योगाभ्यास सञ्चालन गरिएको हो।

विद्यालय स्तरका स्वास्थ्य शारीरिक विषयमा योगका पाठ मावेश गरिएको भए पनि दक्ष शिक्षक नहुँदा पठनपानमा समस्या हुने गरेको महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक मेदिनी घिमिरेले बताए। विषय शिक्षकलाई योगका बारेमा तालिम दिएर योगलाई प्रभावकारी बनाउनु पर्ने उनको भनाइ छ। अस्वथ्य खानपिन र सहरी जीनशैलीका कारणका स्वास्थ्यमा समस्या देखा पर्न थालेपछि योग अभ्यास आवश्यक पर्न थाले पनि प्रशिक्षक अभावभाले योग अभ्यास नियमित हुन नकेको सहभागी शेरबहादुर पुरीले बताए।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको छ। अहिले माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तराष्ट्रिय योग दिवस मनाइन्छ।

Views: 162

प्रतिक्रिया (०)