Aamsanchar

चोरीको ३ वटा मोटरसाइकल सहित युवक पक्राउ

Author Image
बुधवार, असार ६, २०८०

काठमाडौँ – मोटरसाइकल चोरेको आरोपमा प्रहरी वृत्त चापागाउँले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–१ घर भएका गणेशमान घलान छन् ।जेठ २९ मा ललितपुरको ठेचोमा पार्किङ गरेर राखेको बा.९५ प ६०७० नम्बरको मोटरसाइकल चोरी भएको सूचना पाएपछि प्रहरीले बागमती गाउँपालिका–३ स्थित छपेलीमा ‘एम्बुस’ राखेको थियो । प्रहरी देखेपछि मोटरसाइकल दौडाएर फरार भएका घलान लडेर घाइते भए । उपचारपछि उनलाई नियन्त्रणमा लिएको प्रहरी वृत्त चापागाउँका डिएसपी कृष्ण चन्दले बताए ।घलानले चोरेको ३ वटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ । आरोपित विरुद्ध  ५ दिनको म्याद लिएर प्रहरी वृत्त चापागाउँले अनुसन्धान गरिरहेको छ । प्रहरीको एम्बुस छलेर भागेका दुई जना फरार छन् ।

Views: 306

प्रतिक्रिया (०)