Aamsanchar

साफ च्याम्पियनशिप : नेपाल कुवेतसँग ३–१ गाेलले पराजित

Author Image
बुधवार, असार ६, २०८०

काठमाण्डाै – साफ च्याम्पियनशिप २०२३ अन्तर्गत पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएकाे छ ।

भारतकाे बेङ्गलोरमा रहेकाे कन्तिराभा रङ्गशालामा आज बुधवार भएकाे खेलमा नेपाल कुवेतसँग ३–१ गाेलले पराजित भयाे । पहिलाे हाफमा २ गाेल खाएकाे नेपालले दाेस्राे हाफमा थप एक गाेल खायाे । कुवेतका लागि कप्तान खालेद हजियाले खेलकाे २३ औँ, शाइबाइबा अल्खाल्दीले ४१ औँ र माेहम्मद अब्दुल्लाहले ६५ औँ मिनेटमा गाेल गरे । नेपालका अञ्जन विष्टले ६८ औँ मिनेटमा सान्त्वना गाेल फर्काए ।

Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर